सरस्वोति पूजा भव्यताका साथ मनाइयो
6th, Feb 2022
पुसोइ परिसर
सरस्वति पूजा अर्थात बिद्याकि देवी सरस्वति माताको पुजा आराधना गरिने दिनका रुपमा चिनिने गर्दछ। यस दिनलाई वसन्त पंचमी का रुपमा पनि चिनिन्छ। यस दिन मा बिद्यामा सफलता र ज्ञान प्राप्त हुने बिश्वास प्रचलित छ। यसै सिलसिला अन्तर्गत हाम्रो बिद्यालयमा पनि सधाझैँ यस वर्ष पनि सरस्वोति पूजा भव्यताका साथ मनाइयो। सबै शिक्षक तथा बिद्यार्थीहरुले देवी सरस्वतिको पूजा आराधना गरि प्रसाद ग्रहण गरि रमाइलोका साथ पूजा सम्पन्न गरियो। साथै बिधार्थी हरुको साथमा अभिभावकज्युहरु को पनि उल्लेखनीय उपस्थिति रहयो।